सङ्घीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित हुने सम्भावना छैन : रामहरि खतिवडा
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सभापति खतिवडाले विज्ञहरूसँग वृहत् छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे ।
सभापति खतिवडाले भने, ‘यो धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धी विधेयक अहिले फेरि संसदमा प्रस्तुत भएको छ । त्यसमा धेरै चरणहरू बाँकी छन् । यसमा हामी पनि सहमति छाँै कि यो जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु । म राज्य व्यवस्था तथा सुशासन समितिको हैसियतमा मैले सरसर्ती हेर्दाखेरी त्यो देखेँ । सरकार तीन तहको भनेर संविधानमा हामीले घोषणा गरिसकेका छौँ । संविधानमा त्यही उल्लेख गरिएको छ । सङ्घ छ, प्रदेश छ, स्थानीय तह छ । स्थानीयलाई सङ्घमा ल्याउने, नल्याउने । अघिनै भनियो, प्रदेशलाई प्रदेशको अधिकार दिने, नदिने ? यावत विषयहरू छन् । यी सबै विषयमा हामी अहिले लामो समय पछाडि आएकाले हतारमा निर्णय गरेर पछि पछुताउने अवस्थामा जान नपरोस् भन्ने मेरो व्यक्तिगत धारणा छ ।’
सभापति खतिवडाले जनताका समस्या समाधान हुने गरी सो विधेयकलाई अघि बढाउन आफू लागि पर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण