‘भूल भुलैया–३’मा माधुरी दीक्षितको नाम चर्चा
नयाँ दिल्ली । कार्तिक आर्यनको शीर्ष भूमिका रहने ‘भूल भुलैया–३’ यतिबेला चर्चामा छ । विद्या बालन र तृप्ति डिमरीपछि अब फिल्मसँग अर्को बलिउड स्टारको पनि नाम जोडिएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार यस फिल्ममा माधुरी दीक्षित पनि प्रवेश गर्न सक्नेछिन् । तर निर्माताहरुले भने फिल्ममा माधुरीको इन्ट्रीको आधिकारिक पुष्टि गरेका छैनन् ।
‘भुल भुलैया ३’को छायाङ्कन सुरु भइसकेको छ । हालै हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा निर्देशक अनीस बज्मीलाई माधुरी दीक्षितलाई ‘भूल भुलैया ३’मा देख्न सकिन्छ ? भनेर सोधिएको थियो । यसको उत्तरमा उनले जे हुन्छ त्यो हामी आफैँ भन्नेछौँ भनेका थिए । ‘तृप्ति र विद्याको प्रवेशबारे भनिसकेका छौँ । तर अझै अरू पनि बाँकी छ । फिल्ममा थप कलाकारहरूको काष्टिङबारे कुराकानी भइरहेको छ । हामी छिट्टै यसको पनि घोषणा गर्नेछौँ ।’ बज्मीले भनेका थिए ।
केही दिनअघि कार्तिक आर्यनले आफ्नो घरको मन्दिर अगाडि शिर झुकाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेका थिए । जसमा उनले क्याप्सन ‘आज मेरो करियरको सबैभन्दा ठुलो फिल्म सुरु हुँदै छ । ‘भुल भुलैया–३’ को शुभारम्भ,’ भनेर लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण