सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘भूल भुलैया–३’मा माधुरी दीक्षितको नाम चर्चा

बिहीबार, ०८ चैत २०८०, १३ : ३७
बिहीबार, ०८ चैत २०८०

नयाँ दिल्ली । कार्तिक आर्यनको शीर्ष भूमिका रहने ‘भूल भुलैया–३’ यतिबेला चर्चामा छ । विद्या बालन र तृप्ति डिमरीपछि अब फिल्मसँग अर्को बलिउड स्टारको पनि नाम जोडिएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार यस फिल्ममा माधुरी दीक्षित पनि प्रवेश गर्न सक्नेछिन् । तर निर्माताहरुले भने फिल्ममा माधुरीको इन्ट्रीको आधिकारिक पुष्टि गरेका छैनन् ।

‘भुल भुलैया ३’को छायाङ्कन सुरु भइसकेको छ । हालै हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा निर्देशक अनीस बज्मीलाई माधुरी दीक्षितलाई ‘भूल भुलैया ३’मा देख्न सकिन्छ ? भनेर सोधिएको थियो । यसको उत्तरमा उनले जे हुन्छ त्यो हामी आफैँ भन्नेछौँ भनेका थिए । ‘तृप्ति र विद्याको प्रवेशबारे भनिसकेका छौँ । तर अझै अरू पनि बाँकी छ । फिल्ममा थप कलाकारहरूको काष्टिङबारे कुराकानी भइरहेको छ । हामी छिट्टै यसको पनि घोषणा गर्नेछौँ ।’ बज्मीले भनेका थिए ।

केही दिनअघि कार्तिक आर्यनले आफ्नो घरको मन्दिर अगाडि शिर झुकाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेका थिए । जसमा उनले क्याप्सन ‘आज मेरो करियरको सबैभन्दा ठुलो फिल्म सुरु हुँदै छ । ‘भुल भुलैया–३’ को शुभारम्भ,’ भनेर लेखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप