कांग्रेसले विभिन्न आन्दोलन र क्रान्तिलाई धोका दिँदै आयो : महासचिव पोखरेल
सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कांग्रेसले विभिन्न आन्दोलन र क्रान्तिलाई धोका दिँदै आइरहेको बताएका छन् ।
बिहीबार एमाले सुर्खेतको नवौँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले बीपी कोइरालाको कम्युनिस्ट पार्टीसँग सहकार्य नगर्ने मान्यताका कारण पञ्चायत ३० वर्षसम्म रहनुको कारण बनेको बताए । बीपीका कारण पुष्पलालका नीतिहरू उनको जीवनकालसम्म पनि लागू हुन नसकेको उनले बताए ।
कम्युनिस्टहरूलाई लडाएर लाभ कसरी लिन सकिन्छ भन्नेतर्फ कांग्रेस अग्रसर रहेको उनको भनाई छ । ‘नेपालको राजनीतिक अस्थिर हुनुको कारण पनि कांग्रेस हो,’उनले भने, ‘विचारका आधारमा होइन स्वार्थका कारण राजनीतिक गर्ने काम गरिरहेको छ ।’
महासचिव पोखरेलले विचार नमिल्ने स्वार्थ केन्द्रित गठबन्धनले गर्दा जनतामा निराशा बढिरहेको बताए । ‘जनताले सर्वाधिक लोकप्रिय मतका साथ पहिलो पार्टी बनाएका जनताले सिटका आधारमा पहिलो स्थान नहुँदा शासन गर्न पाएन,’उनले भने, ‘अहिले समान विचार बोक्नेहरूका बिचमा सहकार्य गर्ने गरी अगाडि बढाउनुपर्छ भनेर नयाँ गठबन्धन बनेको हो ।’
महासचिव पोखरेलले जनताको जीवन परिवर्तन ल्याउनका लागि भूमिका खेल्न एमाले तयार हुनुपर्ने बताए । यस्तै उनले एमालेमा जनतामाझ जाने कुरा पहिलाभन्दा अहिले घटेको बताए । जनताका बिचमा घनिष्ठ रूपमा पार्टीलाई स्थापित गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण