आईपीएलको पहिलो खेलमा चेन्नईसँग बैंग्लुरु पराजित
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ । चेन्नईले ६ विकेटको जीत हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
बैंग्लुरुले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य चेन्नईले मात्र ४ विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो । चेन्नईको जीतमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । उनले १५ बलमा ३ चौका र ३ छक्का हिर्काए । त्यस्तै अजिंका रहानेले २७ रन तथा डेरल मिचेलले २२ रनको योगदान दिए ।

शिवम दुवेले नटआउट रहँदै २८ बलमा ३४ रन तथा रवीन्द्र जडेजाले १७ बलमा २५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । बैंग्लुरुका लागि क्यामरुन ग्रिनले २ तथा यश दयाल र करन शर्माले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । टोलीका लागि अनुज रावतले सर्वाधिक ४८ रन बनाए । उनले मात्र २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, दिनेश कार्तिकले २६ बलमा ३८ रन तथा कप्तान फाफ डु प्लेसिसले २३ बलमा ३५ रन हिर्काए । विराट कोहलीले २१ रन तथा ग्रिनले १८ रनको योगदान दिए ।

बैंग्लुरुको इनिङ्स ध्वस्त बनाउन मुस्तफिजुर रहमानले ४ ओभरमा २९ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै दीपक चाहरले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण