आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री सुरक्षा पन्तले गरिन् सीजी चिम्नी र इमर्जेन्सी बल्बको अनावरण

शनिबार, १० चैत २०८०, ०६ : ३४
शनिबार, १० चैत २०८०

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा. लि.ले आफ्नो ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौँमा भएको एक कार्यक्रममा नयाँ सीजी चिम्नी र एलईडी बल्बको अनावरण गरिएको छ । 

उक्त कार्यक्रममा, सीजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू MCGCT90FLDC, CGCT75FLDC, CGCT90DBDX र CG–CT75YC आधिकारिक रूपमा अनावरण गरिएको छ । एचएसी फिल्टरलेस सिरिजमा ९० सेमी र ७५ सेमीमा उपलब्ध छ । १२५० एमथ्री पर आवरको उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, रु. २६,५९० र रु. २५,७९०क्रमशः उपलब्ध छन् । एचएसी फिल्टर शृङ्खलामा, CGCT90DBDX माेडेल CGCT90DB को लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई १३५० एमथ्री परआवरमा अपग्रेड गरेर लन्च गरिएको छ । यसको मूल्य रु. २९ हजार १९० रहेको छ । तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टीसहित आउँदछन् । अनावरण गरिएको चौथो मोडेल CG–CT75YC हो जसको मूल्य रु. २२ हजार ३९० रहेको छ। 

सुरक्षा पन्त झण्डै एक वर्षदेखि सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर रहँदै आएकी छिन् । चौधरी ग्रुपको सीजी ब्रान्ड नेपालमा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल व्यवसायमा अग्रणी मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप