बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उत्साहित हुँदै सुहाङले भने– इलामका जनताको भावना जित्छु

आइतबार, ११ चैत २०८०, १५ : ५४
आइतबार, ११ चैत २०८०

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णयले आफू उत्साहित भएको सुहाङ नेम्वाङले जनाएका छन् । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुहाङलाई वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । 

पार्टीको निर्णयपछि रातोपाटीले गरेको टेलिफोन सम्पर्कमा सुहाङले भने, ‘मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाउने निर्णय गर्‍यो यसमा उत्साहित छु । उत्साहितसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छ ।’

उनले आफू इलाम २ बाट उम्मेदवार बन्दै गर्दा नेकपा एमालेको तर्फबाट मात्रै नभएर सिङ्गो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने पनि बताए । 

‘म सिङ्गो इलामका जनताको भावना समेट्नेगरी अघि बढ्ने प्रयास गर्छु’, उनले भने, ‘सवैजना मैदानमा उत्रँदा जित्छु भनेरै उत्रने हो । म पनि जनताको विकास र सम्मृद्धिका एजेण्डा बोकेर जनतामाझ जान्छु ।’

हाल काठमाडौँमा रहेका सुहाङ एकदुई दिनमा चुनावी क्षेत्रमा खटिने बताए ।

२०७९ को निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएका सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप