शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

रविको बचाउ गर्दै कांग्रेसलाई एमालेको जवाफ– गृहमन्त्री अयोग्य देख्नु पूर्वाग्रह

आइतबार, ११ चैत २०८०, २२ : ४९
आइतबार, ११ चैत २०८०

काठमाडौँ । नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले द्वैध भूमिका देखाएको आरोप लगाएको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले उक्त आरोप लगाएका हुन् ।

उनले विगतमा आफूहरूले सरकारका मन्त्रीहरूको राजीनामा मागिएको पृष्ठभूमि र अहिले कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको पृष्ठभूमि फरक भएको दाबी गरे । गृहमन्त्री रविको बचाउ गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य भङ्ग गरेपछि प्रधानमन्त्रीमा प्रस्ताव गरेको व्यक्ति गृहमन्त्रीमा कसरी अयोग्य भयो भन्नु राजनीतिक  प्रतिशोध भएको ज्ञवालीले बताए ।

‘विगतमा हामीले जसजस मन्त्रीको राजीनामा माग गरेका थियौँ, त्यो फरक पृष्ठभूमिमा मागिएको थियो । एक जनालाई बालकुमारी घटनामा सरकारले नै बनाएको छानबिन आयोगले दोषी देखाएको थियो । अर्को एक मन्त्रीलाई टेरामक्स प्रकरणमा अख्तियारले छानबिनका लागि बोलाएको थियो । त्यसप्रति न्यूनतम नैतिकता पनि नदेखाएर झन्डा हल्लाएर अख्तियारमा बयान दिन जानुभएको थियो’, मन्त्री रविको बचाउ गर्दै उनले  भने, ‘अहिले गृहमन्त्रीको बारेमा उजुरी मुद्दा दर्ता भएको स्थिति छैन । कुनै नियामक निकायले उनलाई बयानका लागि बोलाएको अवस्था छैन । त्यसमा नेपाली कांग्रेसले जे गरिरहेको उहाँहरूको द्वैध भूमिका देखिएको छ ।’

ज्ञवालीले थप भने, ‘जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँग सहकार्य भङ्ग गर्‍यो, त्यतिबेला प्रधानमन्त्री अफर गर्दै आफैँ गएको थियो । प्रधानमन्त्रीका निम्ति आफैँले प्रस्ताव गरेको मान्छे गृहमन्त्रीका लागि अयोग्य हुन्छ भन्ने तर्क राजनीति प्रतिशोधको तर्कबाहेक केही होइन । भोलि कुनै कुनै औपचारिक निकायमा प्रमाणसहित पेस भए हाम्रो पोजिसन त्यही नै हुनेछ ।’

आधिकारिक निकायमा उजुरी परेमा रविले छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने भन्दै उनले अहिले कांग्रेसले उठाएको माग राजनीतिक पूर्वाग्रहले ग्रसित भएको आरोप लगाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप