बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

बझाङमा दमनबहादुर भण्डारी एमालेकाे उम्मेदवार

आइतबार, ११ चैत २०८०, १५ : १८
आइतबार, ११ चैत २०८०

काठमाडौँ । नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नम्बर १ (क)मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले एमाले बझाङ जिल्ला अध्यक्ष समेत रहेका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।  

यस्तै एमालेले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप