सचिवालय बैठक
बझाङमा दमनबहादुर भण्डारी एमालेकाे उम्मेदवार
आइतबार, ११ चैत २०८०, १५ : १८
काठमाडौँ । नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नम्बर १ (क)मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले एमाले बझाङ जिल्ला अध्यक्ष समेत रहेका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस्तै एमालेले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण