अग्रिम शुभकामना
नलिनु नै चिन्ता अब नमान्नु है भय
जाँच राम्रो हुन्छ पक्कै हिम्मत लिई गए ।
केन्द्र कस्तो होला भनी लिनुहुन्न डर
गुरु सबै तिम्रै जस्ता मात्रै ठाउँ पर ।।
प्रश्नसँग नडराउनु अभ्यास भाछ पहिले
एक दुई वटा मात्रै फरक आउँछन् कहिले कहिले ।
निडर भई लेख्न बसे आउँछ खुरुखुरु
हल्ला होइन राम्रो लेख भन्नुहुन्छ गुरु ।।
पहिलो दिन एकै छिन फरक लाग्ला केही
लेख्दा जाँदा भन्छौँ प्रश्न पढेकै हुन् त्यही ।
लेख्ने गर पहिलो पेजमा जान्ने उत्तरहरू
दिमाग खुल्छ लेख्दै जाँदा हिम्मत बढ्छ अरू ।।
समयको व्यवस्थापन अर्को ठुलो पाटो
अङ्क हेरी उत्तर लेख जान्ने लामो साटो ।
मनबाट हटाऊ डर बिग्रे केही आज
घरमा गई भोलिको तयारीमा लाग ।।
एसईईमा के के होला डर हटाऊ अब
सोच बदले जाँच पक्कै राम्रो हुन्छ सब ।
आत्मविश्वास बढाउ गर्न कठिनाइको सामना
राम्रो हुन्छ परिणाम अग्रिम शुभकामना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण