शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

अग्रिम शुभकामना

सोमबार, १२ चैत २०८०, ०९ : ३५
सोमबार, १२ चैत २०८०

नलिनु नै चिन्ता अब नमान्नु है भय
जाँच राम्रो हुन्छ पक्कै हिम्मत लिई गए ।
केन्द्र कस्तो होला भनी लिनुहुन्न डर 
गुरु सबै तिम्रै जस्ता मात्रै ठाउँ पर ।। 

प्रश्नसँग नडराउनु अभ्यास भाछ पहिले
एक दुई वटा मात्रै फरक आउँछन् कहिले कहिले ।
निडर भई लेख्न बसे आउँछ खुरुखुरु
हल्ला होइन राम्रो लेख भन्नुहुन्छ गुरु ।।

पहिलो दिन एकै छिन फरक लाग्ला केही 
लेख्दा जाँदा भन्छौँ प्रश्न पढेकै हुन् त्यही । 
लेख्ने गर पहिलो पेजमा जान्ने उत्तरहरू
 दिमाग खुल्छ लेख्दै जाँदा हिम्मत बढ्छ अरू ।। 

समयको व्यवस्थापन अर्को ठुलो पाटो
अङ्क हेरी उत्तर लेख जान्ने लामो साटो ।
मनबाट हटाऊ डर बिग्रे केही आज
घरमा गई भोलिको तयारीमा लाग ।।

एसईईमा के के होला डर हटाऊ अब 
सोच बदले जाँच पक्कै राम्रो हुन्छ सब ।
आत्मविश्वास बढाउ गर्न कठिनाइको सामना
राम्रो हुन्छ परिणाम अग्रिम शुभकामना 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गंगा भण्डारी
गंगा भण्डारी
लेखकबाट थप