जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदै
काठमाडौँ । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ । जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिन लागेका छन् । केही वर्षयता जापानमा पनि एसईई लिँदै आएको छ ।
जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् । त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो । उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ । परीक्षा नियन्त्रक पौडेलले त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
हुलाकमा मार्फत उत्तर पुस्तिका पठाइएको छ भने मेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले बताए । विगतमा नेपालबाटै परीक्षाको निरीक्षण गर्न जाने गरेको थियो । तर, यो वर्ष भने बोर्डबाट कोही पनि नगएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण