चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री श्रेष्ठबिच भेटघाट
मङ्गलबार, १३ चैत २०८०, २१ : २०
काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेश मन्त्री वाङ यीबिच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार विदेश मन्त्री यीसँग भेटघाट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विगतमा दुई देशबिच भएका विभिन्न सम्झौताहरूलाई द्रुत गतिमा कार्यान्वयनका लागि दुई जनाको बिचमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । दुई देशको सम्बन्धको अवस्थालाई मूल्यांकन गर्दै ती सम्बन्धलाई थप उचाइ पुर्याउन मिलेर काम गर्नेबारे छलफल भएको बताइएको छ ।
नेपाल चीनबिच भएका विभिन्न सम्झौताको कार्यान्वयनको बारेमा छलफल भएको छ । बीआरआइदेखि जलविद्युत, ट्रान्समिसन, यातायातको विकास लगायतको आयोजनाको बारेमा पनि दुई जनाको बिचमा कुराकानी भएको स्रोतले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण