शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री श्रेष्ठबिच भेटघाट

मङ्गलबार, १३ चैत २०८०, २१ : २०
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेश मन्त्री वाङ यीबिच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार विदेश मन्त्री यीसँग भेटघाट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विगतमा दुई देशबिच भएका विभिन्न सम्झौताहरूलाई द्रुत गतिमा कार्यान्वयनका लागि दुई जनाको बिचमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । दुई देशको सम्बन्धको अवस्थालाई मूल्यांकन गर्दै ती सम्बन्धलाई थप उचाइ पुर्याउन मिलेर काम गर्नेबारे छलफल भएको बताइएको छ । 

नेपाल चीनबिच भएका विभिन्न सम्झौताको कार्यान्वयनको बारेमा छलफल भएको छ । बीआरआइदेखि जलविद्युत, ट्रान्समिसन, यातायातको विकास लगायतको आयोजनाको बारेमा पनि दुई जनाको बिचमा कुराकानी भएको स्रोतले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप