इलाम र बझाङमा सत्ता गठबन्धनकै छुट्टाछुट्टै उम्मेदवार
काठमाडौँ । आगामी वैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा सदस्य १ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार हुने भएका छन् ।
सत्ता गठबन्धनमा हाल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी छन् । यी पाँच दलमध्ये जसपा अनिर्णीत बन्दा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।
त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी नदिने निर्णय गरेको सत्ता गठबन्धनभित्रकै दल रास्वपाले इलाम–२ मा उम्मेदवारको खोजी गरिरहेको छ । उसले स्वतन्त्र उम्मेदवारी दिएका मिलन लिम्बुलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्ने अन्तिम निर्णय गरिसकेको छैन ।
अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि दुवै स्थानमा उम्मेदवारी उठाउने निश्चित भएको छ । यद्यपि यो पार्टीले पनि आधिकारिक निर्णय नगरे पनि नेता झलनाथ खनालले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताए ।
माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधवार बिहान बसेको माओवादी केन्द्रीय सचिवालय बैठकले जिल्लाको समन्वयनमा पार्टी अध्यक्ष प्रचण्डलाई उम्मेदवार तय गर्न जिम्मेवारी दिएको छ । नेकपा माओवादी इलाम जिल्ला कमिटीले चार जनाको नामावली माथिल्लो कमिटीलाई सिफारिस गरिसकेको छ ।
उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दिने कार्यतालिका छ । त्यसअघि दलहरूबिच एक अर्कामा बार्गेनिङ पावर बढाउन उम्मेदवारी दिने रणनीति पनि भएको हुनसक्ने कतिपयको बुझाई छ । जसअनुसार गठबन्धनभित्रका दलहरूबिच अन्तिम समयसम्म अहिलेसम्मको निर्णयमा फेरबदल समेत हुनसक्ने कतिपय नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण