मुगुमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चार घाइते
बुधबार, १४ चैत २०८०, १९ : ०७
सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् । महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ ।
यस्तै उक्त घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी भन्ने ठाउँतर्फ जाँदै गरेको थियो । सोरु गाउँपालिका–८, कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको प्रकृतिबारे भने अहिलेसम्म बुझ्न नसकिएको उनले बताए ।
फोन सम्पर्क हुन समस्या भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण