शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आलियाको फिल्ममा भिलेन बन्दै बबी देओल

बिहीबार, १५ चैत २०८०, १५ : ५९
बिहीबार, १५ चैत २०८०

नयाँ दिल्ली । रणवीर कपूरको एनिमलले बबी देओललाई नसोचेको स्टारडम दियो । उक्त फिल्ममा खलपात्रको रुपमा खुंखार अभिनयपछि यतिबेला यस्तै खालको भूमिकामा माग चुलिएको छ । 

बबी छिट्टै सूर्याको कंगुवामा पनि भिलेनका रुपमा देखिँदैछन् । कंगूवाको टिजरमा बबीको लूकको निकै चर्चा भएको थियो । पवन कल्याणको हरि हरा वीरा मल्लूमा पनि उनलाई भिलेनकै रुपमा देख्न सकिनेछ ।

यसैबिच बबीले आदित्य चोपडाको आगामी फिल्ममा पनि खलनायकको भूमिका निर्वाह गर्दैछन् । स्पाई युनिभर्सको यो फिल्ममा आलिया भट्ट लीड रोलमा हुनेछिन् । फिल्मको नाम अहिलेसम्म फाइनल भइसकेको छैन । पिंकभिल्लाको रिपोर्टअनुसार बबी देओललाई यशराज फिल्म्सको आगामी फिल्ममा आलिया भट्टसँग जुधिरहेको हेर्न पाइनेछ ।

बबी देओलले यो फिल्म साइन गरिसकेको बताइएको छ । तर फिल्मको शिर्षकको टुंगो भने लागिसकेको छैन । स्पाई युनिभर्सको यो फिल्ममा बबीले खतरनाक र शक्तिशाली खलनायकको भूमिका निर्वाह गर्नेछन् । बबी देओलले डक्युमेन्टेशनको काम पूरा गरिसकेको बताइएको छ । फिल्ममा बबी देओलको सुटिङ जुन पछि हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप