आलियाको फिल्ममा भिलेन बन्दै बबी देओल
नयाँ दिल्ली । रणवीर कपूरको एनिमलले बबी देओललाई नसोचेको स्टारडम दियो । उक्त फिल्ममा खलपात्रको रुपमा खुंखार अभिनयपछि यतिबेला यस्तै खालको भूमिकामा माग चुलिएको छ ।
बबी छिट्टै सूर्याको कंगुवामा पनि भिलेनका रुपमा देखिँदैछन् । कंगूवाको टिजरमा बबीको लूकको निकै चर्चा भएको थियो । पवन कल्याणको हरि हरा वीरा मल्लूमा पनि उनलाई भिलेनकै रुपमा देख्न सकिनेछ ।
यसैबिच बबीले आदित्य चोपडाको आगामी फिल्ममा पनि खलनायकको भूमिका निर्वाह गर्दैछन् । स्पाई युनिभर्सको यो फिल्ममा आलिया भट्ट लीड रोलमा हुनेछिन् । फिल्मको नाम अहिलेसम्म फाइनल भइसकेको छैन । पिंकभिल्लाको रिपोर्टअनुसार बबी देओललाई यशराज फिल्म्सको आगामी फिल्ममा आलिया भट्टसँग जुधिरहेको हेर्न पाइनेछ ।
बबी देओलले यो फिल्म साइन गरिसकेको बताइएको छ । तर फिल्मको शिर्षकको टुंगो भने लागिसकेको छैन । स्पाई युनिभर्सको यो फिल्ममा बबीले खतरनाक र शक्तिशाली खलनायकको भूमिका निर्वाह गर्नेछन् । बबी देओलले डक्युमेन्टेशनको काम पूरा गरिसकेको बताइएको छ । फिल्ममा बबी देओलको सुटिङ जुन पछि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण