सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
बिहीबार, १५ चैत २०८०, १९ : ४८
रौतहट । सुस्त मनस्थितिकी बालिकालाई प्रलोभनमा पारी करणी गरेको आरोपमा प्रहरीले बारा जिल्लाको कोल्हवी नगरपालिका–८, नयाँ बस्तीका ३० वर्षीय प्रकाश कार्कीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डीएसपी दधिराम न्यौपानेका अनुसार कार्कीलाई बारा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
कोल्हवी– ८ निवासी सुस्त मनस्थिति भएकी एक बालिकालाई कार्कीले चैत ८ गते राति ८ बजे अपहरण गरी दुई दिनसम्म राखेको पीडित परिवारको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ । बालिकालाई सुरुमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो । त्यहाँ प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि जिल्ला प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण