शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा

बिहीबार, १५ चैत २०८०, १९ : ४८
बिहीबार, १५ चैत २०८०

रौतहट । सुस्त मनस्थितिकी बालिकालाई प्रलोभनमा पारी करणी गरेको आरोपमा प्रहरीले बारा जिल्लाको कोल्हवी नगरपालिका–८, नयाँ बस्तीका ३० वर्षीय प्रकाश कार्कीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डीएसपी दधिराम न्यौपानेका अनुसार कार्कीलाई बारा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

कोल्हवी– ८ निवासी सुस्त मनस्थिति भएकी एक बालिकालाई कार्कीले चैत ८ गते राति ८ बजे अपहरण गरी दुई दिनसम्म राखेको पीडित परिवारको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ । बालिकालाई सुरुमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो । त्यहाँ प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि जिल्ला प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप