सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक रिलिज

शनिबार, १७ चैत २०८०, ०८ : ५७
शनिबार, १७ चैत २०८०

काठमाडौँ । फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको फस्टलुक बाहिर ल्याएको हो ।

नयाँ वर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको फिल्मको फस्टलुकमा अनमोल मात्र स्थान दिइएको छ । अनमोलका यसअघिका फिल्मको भन्दा यो पटक पोस्टर फरक छ । फिल्मको फस्टलुक हेर्दा फिल्मले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।

लभ स्टोरी जनरामा बनेको यो फिल्मलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

farkifarki

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप