अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक रिलिज
शनिबार, १७ चैत २०८०, ०८ : ५७
काठमाडौँ । फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको फस्टलुक बाहिर ल्याएको हो ।
नयाँ वर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको फिल्मको फस्टलुकमा अनमोल मात्र स्थान दिइएको छ । अनमोलका यसअघिका फिल्मको भन्दा यो पटक पोस्टर फरक छ । फिल्मको फस्टलुक हेर्दा फिल्मले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।
लभ स्टोरी जनरामा बनेको यो फिल्मलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।
सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण