जसपाको कर्णाली प्रदेशस्तरीय किसान महासङ्घ गठन
आइतबार, १८ चैत २०८०, ०६ : ४०
सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी किसान महासङ्घको कर्णाली प्रदेश समिति गठन भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित होटेल फुलबारीमा आयोजित भेलाले मदन थापा मगरको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कौशिला विक, गङ्गे कामी मुख्यसचिव पवित्रा न्यौपाने रेग्मी र कोषाध्यक्षमा लोकबहादुर सार्की चयन भएका छन् ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् समाजवादी किसान महासङ्घका अध्यक्ष सञ्जय सिंह, पार्टीका केन्द्रीय सदस्य लीला सिजापती, दिलु खड्का महासङ्घका महासचिव ओमकृष्ण श्रेष्ठलगायत उपस्थित रहेका थिए ।
समाजवादी किसान महासङ्घले कैलालीको धनगढीमा आज सुदूरपश्चिम प्रदेशस्तरिय समिति गठन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण