सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्छ: सांसद सुवेदी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको विकास, तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पछिल्लो चरणमा भौतिक विकासमा केही प्रगति भएपनि मानवीय विकासमा लगानी गर्न आवश्यक रहेको बताए । उनले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास भएपनि मानवीय विकास हुन नसकेको बताए । उनले नेपालमा मानवीय विकासको पाटो धेरै नै कमजोर रहेको जिकिर गरे । उनले नागरिकमा निराशा आउनुको कारण पनि मानवीय विकास हुन नसक्नु रहेको बताए ।
उनले भने, ‘भौतिक विकास पछिल्लो चरणमा आएर केही भएको छ । तर त्यो विकासले मान्छे खुसी हुनुपर्यो नि । मानवीय विकासमा लगानी गर्नुपर्यो । हामीले छलफल गर्दा पनि त्यसमा छलफल गर्नुपर्छ । योजना आयोगका सदस्यहरूलाई हामीले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास केही हुनसक्छ, तर मानवीय विकासको पाटो हेर्ने हो भने असाध्यै कमजोर देखिन्छ । मान्छेमा निराशा आउनुको कारण त्यही हो । उद्योगधन्दा छैन, केही छैन, मानिसले रोजगारी पाएको छैन, जनता सबैसँग रिसाएको छ । विकासको बारेमा हामीले छलफल गरेर नयाँ ढंगबाट परिभाषित गरेर जानुपर्छ ।’
सांसद सुवेदीले उद्योगधन्दाहरू सञ्चालन गराउनुपर्ने र रोजगारकाे सिर्जना बढी भन्दा बढी गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा बोल्दै अन्य सांसदहरूले सहकारीको विषयलाई मुख्य प्राथमिकतामा राखेर सरकारले छलफल सुरु गर्नुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण