आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
दुर्घटना

पोखराको भदौरेमा जिप दुर्घटना, ९ जना घाइते

आइतबार, १८ चैत २०८०, १६ : ५६
आइतबार, १८ चैत २०८०

पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो ।

हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए । उनकाअनुसार केहीको अवस्था गम्भीर छ ।

‘उद्धार भइरहेको छ । सबैलाई अस्पताल पठाइएको छ,’ उनले भने, ‘केहीको अवस्था गम्भीर भन्ने सुनिएको छ । तर अस्पताल आएपछि मात्रै थाहा हुन्छ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप