मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखले यो वर्षको अन्त्यबाट पठान–२ को सुटिङ सुरु गर्ने

आइतबार, १८ चैत २०८०, १७ : ०४
आइतबार, १८ चैत २०८०

नयाँ दिल्ली । २०२३ को ब्लकबस्टर फिल्म पठानपछि शाहरुख खान चाँडै पठान-२ लिएर आउँदैछन् । यो फिल्म स्पाई युनिभर्सलको आठौँ फिल्म हुनेछ । फिल्मसँग सम्बन्धित अपडेटहरू लगातार बाहिर आइरहेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अघिल्लो फिल्मका निर्देशक सिद्धार्थ आनन्द फिल्मबाट बाहिरिएका छन् ।

हालै पिपिङ मुनमा प्रकाशित समाचारअनुसार शाहरुख खानले यस वर्षको अन्त्यबाट पठान २ को सुटिङ सुरु गर्नेछन् । यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने छैनन् । आनन्दको ठाउँमा नयाँ निर्देशक को आउनेछन् भन्ने चाहिँ पुष्टि भइसकेको छैन ।

आदित्य चोपडाले वाईआरएफ स्पाई युनिभर्सलको फिल्मको सिक्वेलमा फरक फरक निर्देशक राख्छन् । एक था टाइगरलाई कबीर खानले निर्देशन गरेका थिए तर यसको सिक्वेल टाइगर जिन्दा हेमा निर्देशक अली अब्बास जफर थिए । टाइगर ३ मा निर्देशक मनिष शर्मा थिए । फिल्म वारलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए भने वार २ मा अयान मुखर्जी निर्देशक थिए ।

२०२६ मा रिलिज हुनेछ पठान- २

एक था टाइगर, टाइगर जिन्दा है, वार, पठान, टाइगर ३ पछि यशराज फिल्मको स्पाई युनिभर्समा आगामी वर्षहरूमा ३ ठुला फिल्म रिलिज हुँदैछन् । यसमध्ये वार–२ सन् २०२५ मा रिलिज हुँदैछ । महिला प्रधान अर्को जासूस फिल्म पनि २०२५ मा रिलिज हुनेछ । २०२६ मा पठान २ आउनेछ भने र टाइगर भर्सेस पठान २०२७ मा रिलिज हुनेछ ।

पठानबाट शाहरुखको दमदार कमब्याक

सन् २०१८ मा जिरो फ्लप भएपछि शाहरुख चार वर्ष फिल्मको पर्दामा देखिएनन् । सन् २०२३ मा उनले पठान मार्फत कमब्याक गरे । यो फिल्मले १०१५ करोड कमाएर कयौँ ठूल्ठूला रेकर्डहरू तोड्यो । यो फिल्म भारतको इतिहासमा दोस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म, २०२३ को सबैभन्दा धेरै कमाउने फिल्म र भारतमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

यो फिल्मको कीर्तिमान शाहरुख खानको दोस्रो कमब्याक फिल्म जवानले तोडेको थियो । जवान पनि एक्सन फिल्म नै थियो । जवान अहिले भारतको दोस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो र पठान तेस्रो फिल्म हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप