मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्टुडेन्ट अफ द इयर ३’ले पायो नयाँ निर्देशक

सोमबार, १९ चैत २०८०, १० : ५३
सोमबार, १९ चैत २०८०

नयाँ दिल्ली । ‘स्टुडेन्ट अफ द इयर’को तेस्रो भाग कहिले आउँला भनेर दर्शकहरू कुरिरहेका छन् । यो त्यही फिल्म हो जसबाट सन् २०१२ मा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राले बलिउडमा डेब्यु गरेका थिए । 

फिल्मको दोस्रो भाग सन् २०१९ मा रिलिज भएको थियो । यसबाट अनन्या पाण्डे र तारा सुतारिया फिल्म करिडोरमा छिरेका थिए । फिल्ममा टाइगर श्रफ मुख्य भूमिकामा थिए । यो फिल्मको तेस्रो भागमा बलिउडमा केही नयाँ अनुहार आउने खबरहरू आइरहेको छ ।

सञ्जय कपूरकी छोरी शनाया कपुरले यही फिल्मबाट फिल्ममा डेब्यु गर्ने अनुमान लामो समयदेखि भइरहेको थियो । यी सबै बिचमा यसको निर्माता करण जोहरले फिल्मबारे नयाँ अपडेट दिएका छन् । करण जोहरले चण्डीगढको सिनेभिस्टार इन्टरनेशनल फिल्म फेस्टिभल (सीआईएफएफ)मा ‘स्टुडेन्ट अफ द इयर ३’बारे जानकारी दिएका थिए । टीओआईमा छापिएको खबरका अनुसार आफ्नो आगामी प्रोजेक्टबारे कुरा गर्ने क्रममा करण जोहरले वेब सिरिजबारे छलफल गर्दै ‘नोक्टर्नल बर्गर’ फेम रीमा मायाले यसलाई निर्देशन गरिरहेको बताएका छन् ।

उदीयमान निर्देशक र लेखकहरूसँग काम गर्ने विषयमा गर्दै करण जोहरले भने, ‘रीमा मायाले स्टुडेन्ट अफ द इयरको डिजिटल संस्करण निर्देशन गर्नेछिन् । यो फिल्मको निर्देशन रीमा मायाले आफ्नै तरिकाले गर्ने उनको भनाई छ । रीमा मायाको संसारमा प्रवेश गरे भने आफूले फिल्मलाई झनै भ्रामक बनाइदिने भएकोले मायाले आफ्नै ढंगले काम गर्ने उनले बताए ।

‘हार्पर्स बजार’ले गत वर्ष ‘स्टुडेन्ट अफ द इयर ३’बाट शनाया कपूरले बलिउडमा डेब्यु गर्ने बताएको थियो । उनी यस फिल्ममा मुख्य अभिनेत्रीको रूपमा रहने बताइएको छ । शनायाले यसअघि धर्मा प्रोडक्सनको ‘बेधडक’मा लक्ष्य लालवानी र गुरफतेह पिरजादासँग डेब्यु गर्न लागेकी थिइन् तर यो फिल्म बन्द भएको जस्तो देखिएको छ । पछि उनले मोहनलाल अभिनीत मलयालम फिल्म ‘वृषभा’बाट डेब्यु गर्दै थिइन् । पछि यो फिल्म पनि बन्द भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप