रौतहटको वनमा आगलागी, नियन्त्रणमा राखिएको लाखौँको काठ जलेर नष्ट
रौतहट । डिभिजन वन कार्यालय रौतहटमा घाटगद्दी गरी राखिएको काठमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट लाखौँको काठ दाउरा जलेर नष्ट भएको छ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ–दाउरामा सोमबार दिउँसो आगलागी भएको थियो। गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए।
नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन निमार्णको लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको थियो । खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्र दमकल सहित बन कर्मचारी, बन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय मिलेर लगातार ७ घण्टाको प्रयास पछि राति१० बजे आगलागी नियन्त्रणमा आएको सेक्टर वन कार्यालय चोंचाका प्रमुख अधिकृत राजेश साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण