शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको वनमा आगलागी, नियन्त्रणमा राखिएको लाखौँको काठ जलेर नष्ट

मङ्गलबार, २० चैत २०८०, ०९ : ३६
मङ्गलबार, २० चैत २०८०

रौतहट । डिभिजन वन कार्यालय रौतहटमा घाटगद्दी गरी राखिएको काठमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट लाखौँको काठ दाउरा जलेर नष्ट भएको छ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ–दाउरामा सोमबार दिउँसो आगलागी भएको थियो। गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए। 

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन निमार्णको लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको  थियो । खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्र दमकल सहित बन कर्मचारी, बन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय मिलेर लगातार ७ घण्टाको प्रयास पछि राति१० बजे आगलागी नियन्त्रणमा आएको सेक्टर वन कार्यालय चोंचाका प्रमुख अधिकृत राजेश साहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप