कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा जान नदिने भएको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा लामिछानेलाई संसद्को रोष्टममा जान नदिने सहमति भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने,‘यो हाम्रो पुरानै अडान हो । संसदीय छानबिन समिति गठन नभएसम्म हामी गृहमन्त्रीलाई रोष्टममा जान दिँदैनौँ । आगामी दिनमा पनि यो कुरा हुन्छ,’ उनले भने । संसदीय छानबिन समिति गठन नभई गृहमन्त्रीले जवाफ दिने कार्यसूची आयो भने संसद् अवरुद्ध हुने उनको भनाइ छ । चैत २ मा पनि सभामुखले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्न अनुमति दिँदा कांग्रेसले बेल घेराउ गरेका थिए ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग लगातार उठाउँदै आएको छ ।
बुधबारको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै महामन्त्री विश्वप्रकाश शर्माले भनाइ राख्ने छन् । गृहमन्त्री लामिछानेले आफूले संसदमा जवाफ दिन पाउनुपर्ने बताउँदै आएका छन् । तर, सहकारी ठगीबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेस गृहमन्त्री लामिछानेको जवाफ सुन्न तयार भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण