कृत्रिम सूर्यको नयाँ विश्व कीर्तिमान : ४८ सेकेन्डसम्म १० करोड डिग्री सेल्सियस तापक्रम कायम
कोरिया । दक्षिण कोरियाका वैज्ञानिकहरूले कृत्रिम सूर्यमा ४८ सेकेन्डसम्म १० करोड डिग्री सेल्सियस तापक्रम कायम गरेर विश्व कीर्तिमान बनाएका छन् । यो तापक्रम सूर्यको केन्द्रभन्दा सात गुणा बढी हो। यसअघि २०२१ मा ३० सेकेन्डको कीर्तिमान बनाइएको थियो ।
वैज्ञानिकहरूले कोरिया सुपरकन्डक्टिङ टोकमाक एडभान्स्ड रिसर्च (केएसटएआर) उपकरण बनाएका छन्, जसमा यो तापक्रम परमाणु फ्युजन प्रयोगका क्रममा सिर्जना गरिएको थियो। यो प्रयोग डिसेम्बर २०२३ र फेब्रुअरी २०२४ को बीचमा गरिएको थियो।
परमाणु फ्युजनमा, दुईवटा हल्का परमाणु केन्द्रबिन्दु मिलेर भारी परमाणु बन्छ। यसमा ठुलो मात्रामा ऊर्जा निस्कन्छ। सूर्य जस्ता ताराहरूले पनि परमाणु फ्युजनबाट ऊर्जा र प्रकाश प्राप्त गर्छन्। यसमा हाइड्रोजन परमाणुहरू मिलेर हिलियम बनाउँछन्।
‘हामी २०२६ सम्ममा ३ सय सेकेन्डका लागि १० करोड डिग्रीको प्लाज्मा तापक्रम कायम राख्न सक्षम हुन चाहन्छौँ,’ कोरियन इन्स्टिच्युट अफ फ्युजन इनर्जीको अनुसन्धान केन्द्रका निर्देशक सि-वू युनले भने । यो धेरै महत्त्वपूर्ण हुनेछ। फ्युजन रियाक्सनहरूलाई अत्यधिक गर्मी र दबाब चाहिन्छ। पृथ्वीमा यस प्रक्रियामा सफल हुनु अत्यन्तै चुनौतीपूर्ण छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण