सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ ।
त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
यता राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा अध्यक्षले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर