ब्रिटिस ‘आर एन्ड बी’ गायक जे शनको राजधानीमा कन्सर्ट
काठमाडौं – बेलायतका चर्चित अँग्रेजी गायक जे शन एकल कन्सर्ट लिएर राजधानिमा प्रस्तुत हुँदैछन् ।
दरबारमार्ग स्थित ‘डेजा भु’ क्लबमा आगामी २८ असार (१२ जुलाई) बेलुका ७ बजे उनले कन्सर्ट गर्न लागेका हुन् । सुरुको चार घन्टा नेपाली डिजेहरुको सेसन रहने छ । त्यसपछि राती ११ बजेबाट ‘जे शन साँझ’ मा गायक जे शन प्रस्तुत हुनेछन् । उनले डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीत प्रस्तुत गर्नेछन् ।
आयोजक संस्था युहान इन्टरनेशनलले जे शनको कन्सर्ट तयारी पुरा भएको जनाएको छ । युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सँगीतिक सँृखला अन्तर्गत पहिलो सँृखलामा जे शनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।
जे शन सँगीतिक कार्यक्रमका लागि आफ्नो डिजे र टिम सहित २७ असार बेलुका काठमाडौं आउने छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन । २८ असार बेलुकाका कार्यक्रम सकेर जे शन २९ असार बिहान अमेरिका फर्कने छन् ।
यो कन्सर्टका मार्केटिङ डिरेक्टर मन्चिन शाक्यले डेजा भु क्लबमा जे शनको कन्सर्टमा करिब ६ हजार दर्शक सहभागी हुने बताए । २५ सय, ३ हजार र ५ हजार रुपैयाँको टिकट तोकिएको यो कन्सर्टमा टिकट अनुसारको सुविधा दर्शकले पाउने पनि शाक्यले बताए ।
‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन २०१२सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण