कांग्रेसको अल्टिमेटम : अर्को संसद् बैठकमा सरकारले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति लिएर आओस् (भिडियाेसहित)
काठमाडौँ । नेपाली कांग्रेसले संसद्को अर्को बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति लिएर आउन अल्टिमेटम दिएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सत्ताको खेलमा लागेर कसैलाई प्रधानमन्त्रीको अफर गरेको भ्रममा नपर्न समेत आग्रह गरे ।
शर्माले भने–‘अब आजको बैठक पछाडि आउँदै गर्दा सरकारलाई अपिल छ, आउँदो बैठकमा संसदीय छानबिन समिति लिएर आओस्, हामी त्यो कुराभन्दा न दायाँ न बायाँ हामी उभिने वाला छैनौँ । कसैलाई भ्रम नपरोस् ।’
उनले अगाडि भने–‘यहाँ कतिपय साथीलाई भ्रम परेको छ, कांग्रेसले यो मुद्दालाई उठाएर टुङ्याउँदैछ । सत्ताको सहकार्यको खेलमा नयाँ खालको चाल गर्दै छ । कुनै चालको कुरा छैन, प्रधानमन्त्री पद कहीँ प्रस्ताव गरेको भनिएको छ भने त्यो पनि लिएर आए हुन्छ । कांग्रेसको महामन्त्री भएको नाताले मैले यहाँ उभिएर भन्दै गर्दा सरकारबाट बाहिरिइसकेपछि हाम्रो संस्थागत निर्णय प्रतिपक्षमा बस्ने भन्ने हो, कहीँ कतैबाट टेलिफोन आएको छ भन्ने भ्रम छ भने त्यसलाई खारेज गरिएको घोषणा यहीँबाट गर्न चाहन्छु ।’
उनले पार्टी सभापति, पदाधिकारी बैठकले निर्णय गरेर कसैलाई प्रधानमन्त्री पद किस्तीमा राखिएको छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे । उनले कटाक्ष गर्दै भने–‘नाइँ मलाई त्यही गृहमन्त्री पद चाहिन्छ भनेको मित्रले प्रधानमन्त्री पद प्रस्ताव गर्दा किन खानुभएन होला ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण