फोर्ब्सको अर्बपति सूचीमा टेलर स्वीफ्ट
बुधबार, २१ चैत २०८०, १२ : ३५
लस एञ्जलस । अमेरिकी व्यवसायिक पत्रिका फोर्ब्सले अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचिका अनुसार गायिका टेलर स्वीफ्ट पनि औपचारिक रुपमै अरबपतिहरूको सूचिमा जोडिएकी छिन् । यो सूचीमा अन्य कयौँ चर्चित व्यक्तित्वहरू पनि छन् ।
स्वीफ्ट गएको अक्टोबरमै अर्बपति बनेकी थिइन् । एराज टूरका कारण कमाई बढेसँगै उनी फोर्ब्सको सूचीमा परेकी थिन् । फोर्ब्सका अनुसार गायिकाले अब आधिकारिक रुपमै विश्वभरका अरबपतिहरूको सूचिमा एन्ट्री गरेकी छिन् । उनको कूल सम्पत्ति १ अर्ब डलरभन्दा बढी भएको बताइएको छ ।
यो सूचिमा रिहाना, जे–जेड र जिम्मी बफेट लगायतका कलाकारसमेत छन् । तर केबल गीत लेखेर अनि गाएरै यो सूचीमा पर्ने चाँहि उनी पहिलो कलाकार हुन् । स्वीफ्टको इराज टूरको पहिलो ६० ओटा शोबाटै १ अर्ब ४ करोड डलर कमाएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण