मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

फोर्ब्सको अर्बपति सूचीमा टेलर स्वीफ्ट

बुधबार, २१ चैत २०८०, १२ : ३५
बुधबार, २१ चैत २०८०

लस एञ्जलस । अमेरिकी व्यवसायिक पत्रिका फोर्ब्सले अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचिका अनुसार गायिका टेलर स्वीफ्ट पनि औपचारिक रुपमै अरबपतिहरूको सूचिमा जोडिएकी छिन् । यो सूचीमा अन्य कयौँ चर्चित व्यक्तित्वहरू पनि छन् ।

स्वीफ्ट गएको अक्टोबरमै अर्बपति बनेकी थिइन् । एराज टूरका कारण कमाई बढेसँगै उनी फोर्ब्सको सूचीमा परेकी थिन् । फोर्ब्सका अनुसार गायिकाले अब आधिकारिक रुपमै विश्वभरका अरबपतिहरूको सूचिमा एन्ट्री गरेकी छिन् । उनको कूल सम्पत्ति १ अर्ब डलरभन्दा बढी भएको बताइएको छ ।

यो सूचिमा रिहाना, जे–जेड र जिम्मी बफेट लगायतका कलाकारसमेत छन् । तर केबल गीत लेखेर अनि गाएरै यो सूचीमा पर्ने चाँहि उनी पहिलो कलाकार हुन् । स्वीफ्टको इराज टूरको पहिलो ६० ओटा शोबाटै १ अर्ब ४ करोड डलर कमाएको अनुमान गरिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप