त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला
गुजरातले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो
बुधबार, २१ चैत २०८०, १४ : ३१
काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार गुजरातविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । गुजरातले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
जारी त्रिकोणात्मक शृंखलामा नेपालको यो तेस्रो खेल हो । यसअघि खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई र दोस्रो खेलमा बरोडालाई हराएको थियो । लिग चरणमा तीनवटै टोलीले एक-अर्कासँग दुईदुई खेल खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण