कांग्रेसले बुधबार पनि टुंग्याउन सकेन उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि बुधबार पनि उम्मेदवार सकेन । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने गरी बुधबारको छलफल टुंगिएको रातोपाटीलाई बताए । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।
इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ ।
इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।
कांग्रेस सह—महामन्त्री बद्री पाण्डेले बिहीबार बिहान उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरूसँग छलफल हुने बताए । उनले भने,‘हिजो जे विषयमा छलफल भएको थियो । आज पनि त्यही कुरामा टुंगियो । भोलि बिहान टिकटका आकांक्षी र सम्बन्धित जिल्ला (इलाम र बझाङ) नेताहरूसँग छलफल हुन्छ ।’
पार्टी केन्द्र र उम्मेदवारका आकांक्षीबिच एकता गराएर बिहीबार उम्मेदवार टुंगो लगाइने पाण्डेले बताए । ‘देशभर हुँदा सबैसँग छलफल गर्न भ्याइँदैन । दुई ठाउँमा मात्र भएकाले सबैसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने भन्ने कुरा भएको छ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
-
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
-
सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
-
बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
-
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
-
बैङ्किङ प्रणालीबाट एकै दिन ९० अर्ब तान्दै राष्ट्र बैङ्क