कांग्रेसले बुधबार पनि टुंग्याउन सकेन उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि बुधबार पनि उम्मेदवार सकेन । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने गरी बुधबारको छलफल टुंगिएको रातोपाटीलाई बताए । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।
इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ ।
इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।
कांग्रेस सह—महामन्त्री बद्री पाण्डेले बिहीबार बिहान उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरूसँग छलफल हुने बताए । उनले भने,‘हिजो जे विषयमा छलफल भएको थियो । आज पनि त्यही कुरामा टुंगियो । भोलि बिहान टिकटका आकांक्षी र सम्बन्धित जिल्ला (इलाम र बझाङ) नेताहरूसँग छलफल हुन्छ ।’
पार्टी केन्द्र र उम्मेदवारका आकांक्षीबिच एकता गराएर बिहीबार उम्मेदवार टुंगो लगाइने पाण्डेले बताए । ‘देशभर हुँदा सबैसँग छलफल गर्न भ्याइँदैन । दुई ठाउँमा मात्र भएकाले सबैसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने भन्ने कुरा भएको छ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण