निजामती अस्पतालमा कर्मचारी र सर्वसाधारणका बेग्लाबेग्लै समयमा सेवा
निजामती अस्पतालले निजामती कर्मचारी र सर्वसाधारणका लागि जेठ १ गतेबाट बेग्लाबेग्लै समयमा बहिरङ्ग सेवा दिने भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले विशेष गरी कर्मचारीका लागि खोलिएको अस्पताल भन्दै लामो समय पालो कुर्नुपर्ने गुनासो आउन थालेपछि छुट्टाछुट्टै समयमा बहिरङ्ग सेवा दिन लागिएको बताए ।
उनले भने, ‘कर्मचारीले सेवा अवधि बढाउन पटकपटक गुनासो गर्दैआएका थिए । यहाँ सर्वसाधारणको चाप छ । त्यसैलाई व्यवस्थित गर्न दुई सिफ्टमा सेवा दिने निर्णय गरेका हौँ ।’
अस्पतालमा दैनिक छ सयदेखि आठसय भन्दा बढी बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेका छन् । निजामती कर्मचारीका लागि बिहान ९ देखि मध्याह्न १२ बजेसम्म र सर्वसाधारणका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म बहिरङ्गमा सेवा दिइने छ । निजामतीका लागि बिहान ७ देखि ९ बजेसम्म र सर्वसाधारणका लागि बिहान ९ बजेदेखि टिकट लिइसक्नुपर्ने अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले साँझ ५ बजेपछि भने पेइङ सेवाअन्तर्गत पनि डेढ वर्षदेखि सेवा दिँदै आएको छ । पेइङ सेवामा उपचार गराउन चाहने बिरामीले रु २५० को टिकट लिएपछि उपचार गराउन सक्छन् । नियमित समयमा उपचार गराउन रु सयको टिकट लिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण