‘डिग्री माइला’को गीतमा दयाहाङ र आँचलको नोकझोक
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको रहेको फिल्म हो ‘डिग्री माइला’ । फिल्मको ‘किन..’ बोलको गीत सार्वजनिक गरिएको छ । शब्द, सङ्गीत र स्वर गायन हेमन्त रानाको रहेको गीतमा दयाहाङ र आँचलबीचको नोकझोक देखाइएको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा आँचल शर्मा पहिलो पटक दयाहाङको जोडीको रूपमा प्रस्तुत भएकी छन् । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन मञ्चन भएको थियो ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।
चैत्र ३० गतेबाट नेपाली नयाँ वर्षको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण