‘डिग्री माइला’को गीतमा दयाहाङ र आँचलको नोकझोक
_L2KfOUMBdd.jpg)
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको रहेको फिल्म हो ‘डिग्री माइला’ । फिल्मको ‘किन..’ बोलको गीत सार्वजनिक गरिएको छ । शब्द, सङ्गीत र स्वर गायन हेमन्त रानाको रहेको गीतमा दयाहाङ र आँचलबीचको नोकझोक देखाइएको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा आँचल शर्मा पहिलो पटक दयाहाङको जोडीको रूपमा प्रस्तुत भएकी छन् । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन मञ्चन भएको थियो ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।
चैत्र ३० गतेबाट नेपाली नयाँ वर्षको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इन्फा अवार्ड २०२५’ का उत्कृष्ट ५ मनोनितलाई प्रमाणपत्र
-
माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन
-
अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिन्छ : गभर्नर पौडेल
-
सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी
-
१० बजे १० समाचार : गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न सुझावदेखि राजावादीको आन्दोलन ‘छिन्नभिन्न’सम्म
-
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ