ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
बिहीबार, २२ चैत २०८०, २२ : ३०
काठमाडौँ । ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि झापाको काँकडभिट्टा बजारबाट पक्राउ गरेको छ । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका सौरभ तामाङलाई झापाबाट पक्राउ गरिएको भोजपुरका डीएसपी सुदिप पाठकले रातोपाटीलाई बताए ।
अरुण गाउँपालिका–४ बस्ने सिताराम राईको हत्या गरेको मुद्दामा भोजपुर जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । २०७७ फागुनमा फैसला भएपछि उनी फरार थिए । २०६८ सालको सो हत्यामा संलग्न अरु दुईजना फरार छन् ।
सिताराम राईले चामल चोरी गरेको आरोप लगाएको र त्यसबारे गाउँमा राखिएको छलफलमा उनी नआएपछि ३ जना मिलेर घरमा गएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । धारिलो हतियार र लाठी प्रहार गरेर हत्या गरेको सो घटनामा संलग्नहरु १२ वर्षदेखी फरार थिए । अन्य दुईजना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण