बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

बिहीबार, २२ चैत २०८०, २२ : ३०
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि झापाको काँकडभिट्टा बजारबाट पक्राउ गरेको छ । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका सौरभ तामाङलाई झापाबाट पक्राउ गरिएको भोजपुरका डीएसपी सुदिप पाठकले रातोपाटीलाई बताए ।

अरुण गाउँपालिका–४ बस्ने सिताराम राईको हत्या गरेको मुद्दामा भोजपुर जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । २०७७ फागुनमा फैसला भएपछि उनी फरार थिए । २०६८ सालको सो हत्यामा संलग्न अरु दुईजना फरार छन् । 

सिताराम राईले चामल चोरी गरेको आरोप लगाएको र त्यसबारे गाउँमा राखिएको छलफलमा उनी नआएपछि ३ जना मिलेर घरमा गएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । धारिलो हतियार र लाठी प्रहार गरेर हत्या गरेको सो घटनामा संलग्नहरु १२ वर्षदेखी फरार थिए । अन्य दुईजना अझै फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप