इङ्लिस प्रिमियर लिग : लिभरपुल पुनः शीर्ष स्थानमा
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल २४ घण्टाभित्रै शीर्ष स्थानमा फर्किएको छ । अघिल्लो दिन आर्सनल जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो । आर्सनल भन्दा १ अङ्कले पछि रहेको लिभरपुलले बिहीबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अङ्क थप गरेपछि शीर्ष स्थानमा २ अङ्कको अग्रता लिन सफल भयो । लिभरपुलले ३० खेलबाट७० अङ्क बनाउँदा दोस्रो स्थानमा पुगेको आर्सनलको समान खेलबाट ६८ अङ्क रहेको छ ।
बिहीबार राति लिभरपुललाई जिताउन डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर कोडी गाक्पोले एक ,एक गोल गरेका थिए । त्यसैगरी शेफिल्डले भने गरेको एक गोल उपहार रह्यो । १७ औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा लिभरपुलका डिफेन्डर कोनोर ब्राडलेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा प्रहार गरेपछि सेफिल्डले खेल बराबरीमा ल्याएको थियो ।
७६ औँ मिनेटमा एलेक्सिसले लुइस डियाजको पासमा गोल गर्दै २–१ को अग्रता दिलाए । ९० औँ मिनेटमा कोटी गाक्पोले रोबर्टसनको पासमा गोल गरेपछिअन्ततः लिभरपुल ३–१ को जितका साथ शीर्ष स्थानमा फर्किन सफल भयो । पराजित भएको सेफिल्डयुनाइटेड भने १५ अङ्कका साथ पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण