बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिग : लिभरपुल पुनः शीर्ष स्थानमा

शुक्रबार, २३ चैत २०८०, १० : ४६
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल २४ घण्टाभित्रै शीर्ष स्थानमा फर्किएको छ । अघिल्लो दिन आर्सनल जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो । आर्सनल भन्दा १ अङ्कले पछि रहेको लिभरपुलले बिहीबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अङ्क थप गरेपछि शीर्ष स्थानमा २ अङ्कको अग्रता लिन सफल भयो । लिभरपुलले ३० खेलबाट७० अङ्क बनाउँदा दोस्रो स्थानमा पुगेको आर्सनलको समान खेलबाट ६८ अङ्क रहेको छ । 

बिहीबार राति लिभरपुललाई जिताउन डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर कोडी गाक्पोले एक ,एक गोल गरेका थिए । त्यसैगरी शेफिल्डले भने गरेको एक गोल उपहार रह्यो । १७ औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा लिभरपुलका डिफेन्डर कोनोर ब्राडलेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा प्रहार गरेपछि सेफिल्डले खेल बराबरीमा ल्याएको थियो । 

७६ औँ मिनेटमा एलेक्सिसले लुइस डियाजको पासमा गोल गर्दै २–१ को अग्रता दिलाए । ९० औँ मिनेटमा कोटी गाक्पोले रोबर्टसनको पासमा गोल गरेपछिअन्ततः लिभरपुल ३–१ को जितका साथ शीर्ष स्थानमा फर्किन सफल भयो । पराजित भएको सेफिल्डयुनाइटेड भने १५ अङ्कका साथ पुछारमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप