बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

योगाले नेपाल र चीनको सम्बन्ध बलियो बनाउँछ : परराष्ट्र मन्त्री श्रेष्ठ

शुक्रबार, २३ चैत २०८०, १५ : १४
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ  । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनाले नेपाल–चीनबिचको सम्बन्ध झन् बलियो बनाउने बताएका छन् ।

नेपालस्थित चिनियाँ राजदूतावासले पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र ओलम्कि कमिटीको सहकार्यमा लुम्बिनीमा आयोजना गरेको लुम्बिनी अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले योग तथा साधनजाले दुई देशबिचको सांस्कृतिक सम्बन्ध झन् बलियो बनाउने बताएका हुन् ।

हालै आफूले चीनको भ्रमण गरेको र त्यहाँ विभिन्न उच्च तहमा कुराकानी भएको बताउँदै त्यसले दुई देशको राजनीतिक र कूटनीतिक सम्बन्ध बलियो बन्ने उनले विश्वास लिए ।

उनले बुद्धको विचारले दुवै देशको सम्बन्धलाई बाँधेको उल्लेख पनि गरे । यस्तै योग र ध्यान कुनै देश वा समुदायले मात्र नगर्ने पनि बताए ।

योगाले मान्छेलाई अनुशासित बनाउने पनि उनले बताए ।  ध्यान गर्नेले पनि भ्रष्टाचार तथा अनियमितता गर्ने गरेको देखिने भन्दै उनले वास्तवमा त्यस्तो व्यक्ति ध्यानी हुन नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप