योगाले नेपाल र चीनको सम्बन्ध बलियो बनाउँछ : परराष्ट्र मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनाले नेपाल–चीनबिचको सम्बन्ध झन् बलियो बनाउने बताएका छन् ।
नेपालस्थित चिनियाँ राजदूतावासले पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र ओलम्कि कमिटीको सहकार्यमा लुम्बिनीमा आयोजना गरेको लुम्बिनी अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले योग तथा साधनजाले दुई देशबिचको सांस्कृतिक सम्बन्ध झन् बलियो बनाउने बताएका हुन् ।
हालै आफूले चीनको भ्रमण गरेको र त्यहाँ विभिन्न उच्च तहमा कुराकानी भएको बताउँदै त्यसले दुई देशको राजनीतिक र कूटनीतिक सम्बन्ध बलियो बन्ने उनले विश्वास लिए ।
उनले बुद्धको विचारले दुवै देशको सम्बन्धलाई बाँधेको उल्लेख पनि गरे । यस्तै योग र ध्यान कुनै देश वा समुदायले मात्र नगर्ने पनि बताए ।
योगाले मान्छेलाई अनुशासित बनाउने पनि उनले बताए । ध्यान गर्नेले पनि भ्रष्टाचार तथा अनियमितता गर्ने गरेको देखिने भन्दै उनले वास्तवमा त्यस्तो व्यक्ति ध्यानी हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण