शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एलेस र विक्की अन्तिम आठमा

शनिबार, २४ चैत २०८०, १९ : ०४
शनिबार, २४ चैत २०८०

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का एलेस चक्रधर र ४ का विक्की श्रेष्ठ भक्तपुरमा जारी दोस्रो भक्तपुर जिल्ला अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र, लोकन्थलीद्वारा आयोजित प्रतियोगितामा चक्रधरले मध्यपुर १ का हरि खड्कालाई २१–१३, १६–२१, २१–१६ ले र विक्कीले मध्यपुर ५ का अङ्कित श्रेष्ठलाई २१–९, २१–१५ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । यस्तै अन्तिम आठमा प्रवेश गर्ने क्रममा सूर्यविनायक ५ का सरोज खड्काले मध्यपुर ८ का अष्टमान चक्रधरलाई २१–७, २१–१० ले पराजित गरे । यसै गरी मध्यपुर ७ का दशरथ बुढा, ३ का स्वर्णिम गिरी र ४ का संयोज बस्नेत प्रतिद्वन्द्वीबाट वाकओभर प्राप्त गर्दै अन्तिम आडमा पुगे ।

ब्वाईज यु–१५ एकल तर्फ भएको एक मात्र खेलमा मध्यपुर ८ का सुगम कार्कीले ३ का अनीश बस्याललाई २१–११, २१–८ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

पुरुष युगल तर्फको खेलमा मध्यपुर ठिमी ७ का भीमराज कार्की र साजन न्यौपानेको जोडीले सूर्यविनायक ८ का राजेश खाइतु र शक्ति श्रेष्ठको जोडीलाई २१–१६, २१–१२, सूर्यविनायक ३ का आशिष निरौला र अशिष निरौलाको जोडीले मध्यपुर २ का कृष्ण थापा मगर र राजु श्रेष्ठको जोडीलाई १७–२१, २१–१७, २१–१४ र सूर्यविनायक वार्ड नं. ४ का नवराज सापकोटा र प्रेम तामाङको जोडीले मध्यपुर ठिमी ५ का दीपक श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–७, २१–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

यसै गरी मास्टर्स युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा सूर्यविनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडी, मध्यपुर १ का दीपक खनाल र मनिष पराजुलीको जोडी, सूर्यविनायक ४ का केशव कार्की र भजेश खड्का, मध्यपुर १ का मोहन कबे र श्याम बहादुर थकुलाको जोडी, मध्यपुरकै प्रेमभक्त जैना र सुरेश कुमार श्रेष्ठको जोडी, सूर्यविनायक ४ का उमेश कार्की र उमेश खड्काको जोडी, ८ का दीपक बस्नेत र राजेश धिमसुको जोडी, मध्यपुर ८ का हरि धेके र पूर्णहरि होनाको जोडी पनि क्वाटरफाईनलमा प्रवेश गर्न सफल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप