रामायणको सेटमा फोन लैजान नपाइने
नयाँ दिल्ली । केही दिनअघि नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म रामायणको सेटबाट केही तस्बिर र भिडियो लिक भए । सामाजिक सञ्जालमा यी तस्बिर र भिडियोहरू भाइरल भए । यसरी तस्बिर र भिडियो लिक भएको नितेश तिवारीलाई पटक्कै मन परेको छैन । यस्तो घटनाहरू दोहोरिन नदिन निर्देशकले सेटमा फोन ल्याउनै नपाउने नियम लगाइदिएका छन् ।
सुटिङ सुरु भएपछि अतिरिक्त कर्मचारी र टोलीलाई सेट बाहिरै बस्न निर्देशन दिइएको फिल्मसम्बद्ध एक स्रोतले बताएको भन्दै इन्डिया टुडेले समाचार छापेको छ । सिनका हिसाबले चाहिने स्टार र प्राविधिकलाई मात्र सेटमा बस्न भनिएको छ । बाँकी सबैलाई प्रवेशमा रोक लगाइएको छ ।
दशरथको भूमिकामा अरुण गोभिल र कैकेयीको रुपमा लारा दत्त
केही दिनअघि फिल्म सेटबाट केही तस्बिर भाइरल भएका थिए । सानो पर्दाका राम अरुण गोभिल यो फिल्ममा राजा दशरथको भूमिकामा देखिने तस्बिरबाट थाहा भएको छ । रानी कैकेयीको भूमिकामा लारा दत्तले अभिनय गरिरहेको बताइएको छ ।
पिंकभिलाको रिपोर्ट अनुसार फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको फिल्मसँग सम्बन्धित स्रोतले बताएको छ । यहाँ फिल्मको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरूले सुटिङ गरिरहेका छन् । इन्डिया टुडेका अनुसार रणवीरले पनि छिट्टै यो फिल्मको सुटिङ सुरु गर्ने छन् । रणवीरको कुनै रियल फुटेज लीक नहोस् भन्ने निर्माता र उनको टोलीको चाहना छ । त्यसैले सेटमा रणवीरको एक जना बडी डबल राख्ने विचार गरिरहेका छन् ।
चलचित्र रामायणलाई निर्माण पक्षले ३ भागमा रिलिज गर्ने भएका छन् । पहिलो भाग अर्को वर्षको दोस्रो अर्धवार्षिक अवधिसम्ममा रिलिज हुने अपेक्षा गरिएको छ । फिल्ममा साई पल्लवीलाई सीताको भूमिकामा काष्ट गरिएको छ । फिल्ममा केजीएफ स्टार यश रावणको भूमिकामा देखिन सक्नेछन् । रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिन सक्नेछन् । यसबारे निर्माताहरूबाट आधिकारिक घोषणा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण