बायर्न म्युनिखका निर्देशक भन्छन्– ‘हामी च्याम्पियन्स लिगमा आर्सनलाई हराउन सक्दैनौँ’
काठमाडौँ । जर्मन क्लब बायर्न म्युनिखका निर्देशक म्याक्स एबरलले आफ्नो टोलीले च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल जित्ने सम्भावना निकै कम रहेको बताएका छन् । पछिल्ला खेलमा लगातार निराशाजनक नतिजा निकालेका कारण बायर्नले च्याम्पियन्स लिगमा गतिलो प्रदर्शन नगर्ने उनको ठम्याई छ ।
बायर्नले मंगलबार इङ्लिस प्रिमियर लिग क्लब आर्सनलसँग च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेग खेल्दैछ । जर्मन बुन्डेस लिगा फुटबलको आफ्नो पछिल्लो खेलमा बायर्न म्युनिख तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी हेडेनहेमसँग पराजित भएको थियो । ३–२ गोलले पराजित भएको थियो ।
खेलको पहिलो हाफमै २–० गोलको अग्रता लिएर पनि बायर्न म्युनिखले हेडेनहेमविरुद्ध पराजयको सामना गर्नु परेको थियो । त्यसअघि खेलिएको बुन्डेस लिगाअन्तर्गतको खेलमा पनि बोरुसिया डर्टमन्डले बायर्न म्युनिखलाई २–० गोलले हराएको थियो ।
जारी सिजनको बुन्डेस लिगामा बायर्न म्युनिखले निराशाजनक प्रदर्शन गर्दै आएको छ । हालसम्म २८ खेल खेलेको बायर लेभरकुसेन ७६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । बायर्न म्युनिख भने समान खेलबाट ६० अंक बटुल्दै दोस्रो स्थानमा छ । जारी सिजनको लिगमा बायर्न म्युनिखले १९ जित, तीन बराबरी र ६ हारको नतिजा निकालेको छ ।
‘हाम्रो प्रदर्शन सन्तोषजनक छैन । हामी हेडेनहेमसँग पनि पराजित भएका छौँ । मेरो विचारमा यस्तो प्रदर्शनले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनललाई हराउन सजिलो छैन,’ निर्देशक म्याक्सले भनेका छन् । हेडेनहेम तल्लो डिभिजनबाट माथिल्लो डिभिजनमा बढुवा भएको क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण