शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
एसएमएस त्रिकोणात्मक टी–२० शृंखला

एसएमएस कप फाइनल : नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

आइतबार, २५ चैत २०८०, १४ : ५७
आइतबार, २५ चैत २०८०

काठमाडौँ । एसएमएस त्रिकोणात्मक टी–२० शृंखला खेल्ने क्रममा हाल भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । 

ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे । अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए । 

यसैगरी कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे । सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले । भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक–एक विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप