आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भूमि आयोग खारेज विरूद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

आइतबार, २५ चैत २०८०, २२ : २५
आइतबार, २५ चैत २०८०

काठमाडौँ । भूमि आयोग खारेज विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश  जारी गरेको छ । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले (अन्तरकालीन)  अन्तरिम आदेश जारी गरेको हो । 

अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ताहरु दिलराज खनाल, राजु फुयाल, विष्णुकुमार थोकर, पदमबहादुर श्रेष्ठ र शुभनराज आचार्यले निवेदकको पक्षमा बहस गरेका थिए । 

 इजलासले अन्तरिम आदेशसँगै चैत २७ गते विपक्षीलाई बोलाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप