बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने

मङ्गलबार, २७ चैत २०८०, ०६ : २७
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप