आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी हेरफेर

बुधबार, २८ चैत २०८०, १४ : २९
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ । 

माओवादी केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय सदस्यद्वय गोविन्द आचार्यलाई विशेष प्रदेश समिति र सन्तोष विष्टलाई बागमती प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा केन्द्रीय सदस्यको जिम्मेवारी ठोस गरिएको छ । 

यस्तै वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताललाई सम्पर्क समन्वय प्रदेश समितिमा जिम्मेवारी ठोस गरिएको छ । 

यसैगरी गण्डकी प्रदेश सचिवालय सदस्य निराजन कुँवरलाई पनि सम्पर्क समन्वय प्रदेशमा सरुवा गरिँदा प्रवास समिति सदस्य सदस्य हर्क बहादुर थापालाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप