सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कँडेलले गरे पदभार ग्रहण

बुधबार, २८ चैत २०८०, १६ : ५४
बुधबार, २८ चैत २०८०

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन्। बुधवार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मङ्गलवार नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट प्रदेश प्रमुखले कँडेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधवार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसैबीच पदभार ग्रहण गर्दै कँडेलले सबै निकायका व्यक्तिहरूसँगको सहकार्यमा कर्णालीको समृद्धिको पक्षमा काम गर्ने बताए । ‘म सुरुमा सबै कुराहरू बुझ्छु र त्यसपछि केही निर्णय गरौँला,’उनले भने, ‘पदभार ग्रहण गर्दा ठुलै निर्णय गर्नुभन्दा पहिला सबै बुझेर आवश्यकताका आधारमा सबैको अपनत्व गरेर छलफल गरी काम हुन्छ ।’

साथै उनले सरकार गठनको विषयमा छलफल भइरहेको बताए । ‘सरसल्लाहमा केही समय लाग्ने हुँदा ढिलाइ भएको हो,’उनले भने ।  सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा कँडेलले आज एक्लै शपथ लिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप