सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युरोपा लिग फुटबल : एटलान्टासँग लिभरपुलको लज्जास्पद हार

शुक्रबार, ३० चैत २०८०, १० : १२
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार राति खेलिएको खेलमा इटालियन क्लब एटलान्टाले लिभरपुलमाथि ३–० गोलको सजिलो जित हासिल गर्यो ।

एटलान्टाले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । क्वार्टरफाइनलको पहिलो लेग खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलिएको थियो । खेल सुरु भएको ३८औँ मिनेटमै एटलान्टाका लागि जियानलुका स्कामाकाले पहिलो गोल गरेका थिए ।

वेस्ट ह्यामका पूर्वस्ट्राइकर जियानलुकाले नै खेलको ६०औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए । एटलान्टाका लागि तेस्रो गोल भने निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि मारियो पासालिकले थपेका थिए । पहिलो हाफमा निराशाजनक प्रदर्शन गरेपछि लिभरपुलको सेमिफाइनलमा पुग्ने सम्भावना पनि निकै कम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप