युरोपा लिग फुटबल : एटलान्टासँग लिभरपुलको लज्जास्पद हार
काठमाडौँ । युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार राति खेलिएको खेलमा इटालियन क्लब एटलान्टाले लिभरपुलमाथि ३–० गोलको सजिलो जित हासिल गर्यो ।
एटलान्टाले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । क्वार्टरफाइनलको पहिलो लेग खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलिएको थियो । खेल सुरु भएको ३८औँ मिनेटमै एटलान्टाका लागि जियानलुका स्कामाकाले पहिलो गोल गरेका थिए ।
वेस्ट ह्यामका पूर्वस्ट्राइकर जियानलुकाले नै खेलको ६०औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए । एटलान्टाका लागि तेस्रो गोल भने निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि मारियो पासालिकले थपेका थिए । पहिलो हाफमा निराशाजनक प्रदर्शन गरेपछि लिभरपुलको सेमिफाइनलमा पुग्ने सम्भावना पनि निकै कम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण