युरोपा लिग फुटबल : प्रतिस्पर्धात्मक खेलमा रोमाले एसी मिलानलाई हरायो
शुक्रबार, ३० चैत २०८०, १० : १९
काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति खेलिएको दुई इटालियन क्लबबिचको रोमाञ्चक भिडन्तमा रोमाले सफलता हात पारेको छ । क्वार्टरफाइनलको पहिलो लेग खेलमा रोमाले एसी मिलानमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
जिसतँगै रोमाले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । खेलको प्रारम्भमै गरेको गोल नै भ्रमणकारी टोली रोमाका लागि निर्णायक बन्यो । खेल सुरु भएको १७औँ मिनेटमै रोमाका लागि जियानलुका मान्सिनीले गोल गरेका थिए ।
सान सिरोमा खेलिएको उक्त खेलमा डिफेन्डर पाउलो डिबालाले कर्नरबाट उपलब्ध गराएको पासमा मान्सिनीले हेड गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन् । रोमा अघिल्लो सिजनको उपविजेता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण