सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युरोपा लिग फुटबल : बायर लेभरकुसेनसँग हार्‍यो वेस्ट हाम युनाइटेड

शुक्रबार, ३० चैत २०८०, १० : ३३
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । युरोपा लिग फुटबलको आइतबार राति खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा जर्मन क्लब बायर लेभरकुसेनले महत्त्वपूर्ण जित हात पारेको छ । बायर लेभरकुसेनले घरेलु मैदानमा खेलिएको खेलमा इङ्लिस क्लब वेस्ट हाम युनाइटेडलाई २–० गोलले हराएको हो ।

प्रतिस्पर्धात्मक खेलमा बायर लेभरकुसेनले दुवै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि घरेलु टोली बायर लेभरकुसेनका लागि जोनस हाफम्यानले पहिलो गोल गरेका थिए ।

इन्जुरी समयको पहिलो मिनेटमा बायर लेभरकुसेनका लागि भिक्टर बोनिफेसले टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो लेग खेलमा हासिल गरेको महत्त्वपूर्ण जितसँगै बायर लेभरकुसेनले प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप