युरोपा लिग फुटबल : बायर लेभरकुसेनसँग हार्यो वेस्ट हाम युनाइटेड
शुक्रबार, ३० चैत २०८०, १० : ३३
काठमाडौँ । युरोपा लिग फुटबलको आइतबार राति खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा जर्मन क्लब बायर लेभरकुसेनले महत्त्वपूर्ण जित हात पारेको छ । बायर लेभरकुसेनले घरेलु मैदानमा खेलिएको खेलमा इङ्लिस क्लब वेस्ट हाम युनाइटेडलाई २–० गोलले हराएको हो ।
प्रतिस्पर्धात्मक खेलमा बायर लेभरकुसेनले दुवै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि घरेलु टोली बायर लेभरकुसेनका लागि जोनस हाफम्यानले पहिलो गोल गरेका थिए ।
इन्जुरी समयको पहिलो मिनेटमा बायर लेभरकुसेनका लागि भिक्टर बोनिफेसले टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो लेग खेलमा हासिल गरेको महत्त्वपूर्ण जितसँगै बायर लेभरकुसेनले प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण