सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युरोपा लिग फुटबल : मार्सेलीमाथि बेनफिकाको प्रतिस्पर्धात्मक जित

शुक्रबार, ३० चैत २०८०, १० : ४३
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेग खेलमा पोर्चुगिज क्लब बेनफिकाले जित हात पारेको छ । बेनफिकाले बिहीबार राति खेलिएको पहिलो लेग खेलमा फ्रान्सेली क्लब मार्सेलीलाई २–१ गोलले हरायो ।

घरेलु मैदानमा खेलिएको मार्सेलीविरुद्धको खेलमा बेनफिकाले दुवै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको १६औँ मिनेटमा राफा सिल्भाले बेनफिकाका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा बेनफिका अगाडि रह्यो ।

निर्धारित समयको ५२औँ मिनेटमा अनुभवी खेलाडी एन्जल डी मारियाले बेनफिकाको अग्रता दोब्बर बनाएका थिए । ६७औँ मिनेटमा भ्रमणकारी टोली मार्सेलीका लागि पियर एमरिक आउबामेयाङले एक गोल फर्काएका थिए । क्वार्टरफाइनलको दोस्रो लेग खेल अर्को साता मार्सेलीको घरेलु मैदानमा खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप