युरोपा लिग फुटबल : मार्सेलीमाथि बेनफिकाको प्रतिस्पर्धात्मक जित
शुक्रबार, ३० चैत २०८०, १० : ४३
काठमाडौँ । युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेग खेलमा पोर्चुगिज क्लब बेनफिकाले जित हात पारेको छ । बेनफिकाले बिहीबार राति खेलिएको पहिलो लेग खेलमा फ्रान्सेली क्लब मार्सेलीलाई २–१ गोलले हरायो ।
घरेलु मैदानमा खेलिएको मार्सेलीविरुद्धको खेलमा बेनफिकाले दुवै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको १६औँ मिनेटमा राफा सिल्भाले बेनफिकाका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा बेनफिका अगाडि रह्यो ।
निर्धारित समयको ५२औँ मिनेटमा अनुभवी खेलाडी एन्जल डी मारियाले बेनफिकाको अग्रता दोब्बर बनाएका थिए । ६७औँ मिनेटमा भ्रमणकारी टोली मार्सेलीका लागि पियर एमरिक आउबामेयाङले एक गोल फर्काएका थिए । क्वार्टरफाइनलको दोस्रो लेग खेल अर्को साता मार्सेलीको घरेलु मैदानमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण