२९ औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु
भरतपुर । चितवनमा आजदेखि २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
सप्ताहको सौराहामा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरे । सो अवसरमा उनले वन्यजन्तु संरक्षणमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताए ।
उक्त सप्ताह कार्यक्रममा मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा निकुञ्जसहित २६ वटा सङ्घसंस्थाले सहकार्य गरेका छन । ‘वन्यजन्तुको संरक्षण स् पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ सुरु गरिएको सप्ताहमा वन्यजन्तु संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
उनका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि टिकौली हाइबे वरपर सरसफाइ, वैशाख ३ गते चरा अवलोकन, ४ गते वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिसबीचको सहअस्थित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते डुङ्गा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्याली गरिने छ ।
सप्ताहको अन्तिम दिन वैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तरक्रियाका साथै वन्यजन्तु संरक्षणका क्षेत्रमा योगदान दिएकालाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
मृगकुञ्जको अगुवाइमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण