‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम
सुदूरपश्चिम । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा आज आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् ।
धनगढी जेसीजद्वारा आयोजित २१ किलोमिटर दूरीको उक्त हाफ म्याराथन मुकेशले एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरे । जितसँगै नेपाली सेनामा कार्यरत उनले रु ६६ हजार ६ सय ६६ पुरस्कार प्राप्त गरे ।
यस्तै दुर्गाबहादुर बुढाले एक घण्टा आठ मिनेट १२ दशमलव ७७ मिनेटमा उक्त दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरे । उनलाई रु ४४ हजार चार सय ४४ पुरस्कार प्रदान गरियो । एक घण्टा आठ मिनेट ४९ दशमलव ८६ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो स्थान प्राप्त गर्ने नरेन्द्रसिंह रावतलाई रु ३३ हजार तीन सय ३३ पुरस्कार प्रदान गरियो । हाफ म्याराथनमा उल्लेख्य सङ्ख्यामा खेलाडी सहभागिता थियो ।
धनगढी रङ्गशालाबाट सुरु भएको हाफ म्याराथन सहिद गेट हुँदै गेटा मेडिकल कलेज पुगेर पुनः रङ्गशाला फर्किएर समापन भएको थियो । यस्तै, पुरुष पाँच किलोमिटर दौडतर्फ कवीर कामी प्रथम, विकास बोहरा दोस्रो र विकास सिंह तेस्रो भए । पाँच किलोमिटरकै महिला दौडमा कमला बडुवाल पहिलो, बागेश्वरी धामी दोस्रो र तुलसी रावत तेस्रो भए ।
दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ६ हजार ६ सय ६६, रु चार हजार चार सय ४४ र रु तीन हजार तीन सय ३३ पुरस्कार प्रदान गरिएको धनगढी जेसिजका हरि जोशीले बताए ।
धनगढी जेसिजले एक दशकदेखि नयाँ वर्षको पहिलो दिन ‘धनगढी दौडिन्छ’ नाराका साथ हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ । धनगढीको समग्र विकासमा टेवा पुर्याउन यस्तो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । आजको प्रतियोगिताको प्रवद्र्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी उपमहानगरपालिकालगायत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण