इरानी सेनाद्वारा स्ट्रेट फ हर्मुजमा जहाज कब्जा
तेहरान । इरानी सेनाले स्ट्रेट अफ हर्मुजमा एउटा कन्टेनर जहाज कब्जा गरेको छ। इरानको यो कारबाही यस्तो समयमा भएको हो जब सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफमा तेहरानले आक्रमण गर्ने डर बढेको छ ।
यो कन्टेनर जहाजको नाम एमएससी एरिस हो जुन संयुक्त अरब इमिरेट्स र इरानको बिचमा रहेको स्ट्रेट अफ हर्मुज हुँदै गइरहेको थियो। यो जहाज शनिबार बिहान कब्जा गरिएको हो।
इरानको समाचार एजेन्सी आईआरएनएले एउटा भिडियो जारी गरेको छ जसमा हेलिकप्टर कन्टेनर जहाज माथि उडिरहेको र कम्तीमा तीन जना डोरी प्रयोग गरेर जहाजमा ओर्लिरहेको देखिन्छ।
जहाज मर्मत गर्ने कम्पनी एमएससीले जहाजमा २५ जना चालक दलका सदस्य रहेको बताएको छ । जहाज पोर्चुगलको झण्डा लगाइएको भए पनि यो लन्डनमा रहेको अन्तर्राष्ट्रिय शिपिंग अपरेटर जोडियाक मेरिटाइमको स्वामित्वमा छ । यसका मालिक इजरायली हुन्।
इरानी मिडियाका अनुसार यो अपरेसन रिभोलुसनरी गार्ड्सको नौसेना विशेष बलले गरेको थियो। यता इजरायली सेनाका प्रवक्ताले इरानले परिस्थितिलाई थप तनावपूर्ण बनाउने परिणाम भोग्नुपर्ने बताएका छन्।
बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायलको वार क्याबिनेट सदस्य बेन्नी गान्ट्जसँग कुरा गर्दै यो तनाव बढाउन कसैको हितमा नभएको सुझाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण